एजेन्सी - कोरोनाको खोपको बारेमा अहिले विश्व नै लागि परेको छ । यसको लागि विश्वव्यापी रूपमा सबैभन्दा धेरै छलफल गरिएको छ । कोरोनाको खोप बनाउने क्रममा कतिपय देशहरु मानव परीक्षणको अन्तिम चरणमा छन् ।
विभिन्न देशहरुले बनाएका खोपहरु अन्तिम चरणमा पुग्दै गर्दा अहिले यसको मुल्यको बारेमा पनि बहस भइरहेको छ ।
अहिलेसम्म बेलायतको अक्सफोर्ड विश्वविद्यालय र फार्मा कम्पनी, अमेरिकाको अमेरिकी औषधी कम्पनी, अमेरिकी फर्म फाइजर र जर्मन बायोटेक कम्पनी, चीनको चिनियाँ फार्म कम्पनी तथा रुसी सरकारले कोरोनाको खोपको लागि काम गरिरहेका छन् ।
१. अक्सफोर्ड विश्वविद्यालय र फर्मा कम्पनी
यो कम्पनीले बनाएको खोप अहिले तेस्रो चरणमा छ । यसको बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा परिक्षण भइरहेको छ । यसको मानव परीक्षण अगस्तको अन्त्यसम्म भारतमा सुरु हुने बताइएको छ । यो खोप भारतीय कम्पनी सीरम इंस्टीच्यूट अफ इंडियाले विकास गरिरहेको छ । यसलाई कोविशिल्ड नाम दिइएको छ । यो खोप सन् २०२१ सम्म आउने अनुमान गरिएको छ । यसको मुल्य ३ डलर पर्नेछ ।
२. अमेरिकी औषधि कम्पनी
यो खोपको तेस्रो चरणको मानव परीक्षण सुरू भएको छ । यसलाई मोर्डना नाम दिइएको छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने तथा भाइरससँग लड्न मदत गर्ने बताइएको छ । यो खोपको पहिलो परीक्षण सकारात्मक र सुरक्षित साबित भइसकेको छ । यो खोप डिसेम्बरको अन्तिम सम्ममा आउने छ । यसको मुल्य ३ हजार २ सय रूपैयाँ पर्नेछ ।
३. अमेरिकी फर्म फाइजर र जर्मन बायोटेक कम्पनी
यो कम्पनीले बनाएको फिजर बायोनटेकको खोप तेस्रो चरणको परिक्षणमा छ । यसले कोरोनालाई सक्रिय हुन नदिई शरीरको कोषहरु विकास गर्ने काम गर्छ । यो वर्षको अन्त्यसम्म आउने खोपको मुल्य देश अनुसार ४ सय ८० देखि १८ सयसम्म पर्ने बताइएको छ ।
४. चिनियाँ फार्म कम्पनी
फार्म कम्पनीले बनाएको यो खोप सिनोभेक बायोटेक (कोरोनावेक) तेस्रो परीक्षणको चरणमा छ । चीनमा यो भ्याक्सिनको सबैभन्दा बढी चर्चामा छ । यसको अन्तिम चरणको ट्रायल इन्डोनेशिया लगायत विभिन्न देशहरुमा भइरहेको छ । यो खोप कहिलेसम्म आउने र कति पर्ने भन्ने बारेमा केही बताइएको छैन ।
५.रुसी सरकार
यो खोप रूसी रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीद्वारा विकसित गरिएको हो । रूसको पुटिन सरकारले विश्वको पहिलो कोरोना खोप तयार गरेको गरेको छ । यो खोप अक्टोबरसम्म आउने बताइएको छ । यसको मुल्य भने तोकिएको छैन् । डब्लुएचओले भने रुसको यो खोपलाई मान्यता दिएको छैन ।