नेपालमा कोरोनाभाईरस संक्रमितको संख्या २ सय ८१ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार धनुषा जिल्लाका २ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्दै धनुषाका २० वर्षिय यूवक र ६५ वर्षिय वृद्दमा कोरोनाभाइरस संक्रमण पोजिटिभ देखिएको जानकारी दिएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए।
यो पनि पढ्नुहोसः नेपालमा कोभिड–१९ का कारण पहिलो मृत्यू