काठमाडौं– अन्त्यहिन प्रश्न, मृत्युपछि के हुन्छ? अहिले सम्म यसको निचोड फेला पर्न सकेको छैन। यद्यपी के मानिन्छ भने, मृत्युपछि हामीले पुनः जन्म लिन्छौँ। धार्मिक शिद्धान्तले यसै भन्छ। अब विज्ञान पनि यसमा सहमत छ।
पुनर्जन्मबारे अनुसन्धानः
यसमाथि विश्वका अनेकन विश्वविद्यालयहरु तथा परामनोवैज्ञानिक अनुसन्धानक केन्द्रहरुले अनुसन्धान गरेका छन्। वर्तमानमा यसलाई फगत एउटा अन्धविश्वास होइन कि, वैज्ञानिक तथ्यका रुपमा नै स्वीकारिएको छ। पुनर्जन्मलाई प्रमाणित गर्ने अनेक प्रमाण आज उपलब्ध छन्। तर यसमा सबैभन्दा ठूलो प्रमाण उर्जा संरक्षणको सिद्दान्त हो। विज्ञानको सर्वमान्य संरक्षण सिद्दान्तका अनुसार उर्जाको कुनै पनि अवस्थामा विनाश हुँदैन, मात्र यसको स्वरुप परिवर्तन हुन सक्छ।
एउटा शरीरबाट अर्कोमा स्थान्तरणः
जुन प्रकारले उर्जा नष्ट हुँदैन, त्यसैगरी चेतनाको पनि नाश हुँदैन। यसलाई वैज्ञानिक शब्दावलीमा उर्जाको शुद्धतम अवस्था भन्न सकिन्छ। चेतना एउटा शरीरबाट निस्केर अर्को शरीरमा प्रवेश गर्न सम्भव छ र पुनर्जन्मको सिद्धान्त पनि यही नै हो। पुनर्जन्मको दोस्रो प्रत्यक्ष प्रमाण पूर्वजन्मको स्मृतियुक्त बालबालिकाहरु हुन्। बालबालिकाहरुको पूर्वजन्मको स्मृतिको परीक्षा आजकाल दार्शनिक र परामनोवैज्ञानिकले गर्छन्।
जन्मपछि पुनर्जन्मः
सर्वप्रथम शिशु जन्म लिनासाथ रुन्छ। स्तनपान गराउनासाथ चुप लाग्छ। कष्टमा रुन्छ र अनुकुल अवस्थामा खुशी हुन्छ। यसप्रकारका घटनाहरुले हामीलाई यो सोच्नका निम्ति बाध्य गर्छ कि, हरेक जीवनले पूर्वजन्मको संस्कार लिएर आएको हुन्छ। अन्यथा भर्खर जन्मेको शिशुलाई रुन कसले सिकाएको थियो?
सम्पूर्ण विश्वका धर्म, बर्ग, जाति तथा समाजमा पुनर्जन्मको सिद्दान्तलाई कुनै न कुनै रुपमा स्वीकारिएको छ। अन्ततः यस कम्प्यूटर युगमा पनि यो स्पष्ट छ कि, पुनर्जन्मको सिद्दान्त विज्ञानसम्मत हो। आत्मा एक अदृष्य कम्प्यूटर हो भने, शरीर एक रोबोट हो।
हामी कर्मको माध्यमले कम्प्यूटरमा जस्तो प्रोग्राम फिट गर्छौं, त्यस्तै फल प्राप्त गर्छौंं। कम्प्युटरले पुरानो रोबोट बिग्रिएपछि आफ्नो कर्मको हिसाबले नयाँ रोबोट बनाउँछ। त्यस्तै पुनर्जन्मको पनि विपक्षमा अनेक तर्कहरु छन्।