बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । यस्तै झडपमा १० जना घाइते भएका छन् ।
सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताए । उनले झडपको कारण खुल्न नसेको बताए । २५५ थुनुवा रहेको उक्त बाल सुधार गृहबाट ९ जना सम्पर्कविहीन भएका छन् ।