कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सामूहिक बलात्कारको आरोपमा तीन युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १५ वर्षीया किशोरीलाई ललाई फकाई पटक पटक बलात्कार गरेको आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका ३ का १९ वर्षीय अरविन महता, १८ वर्षीय खेमसिंह साउँद र एक जना १७ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई पीडित किशोरीको आमाको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डीएसपी प्रकाश डांगीका अनुसार जाहेरीमा किशोरीमाथि दुई पटक सामूहिक बलात्कार भएको उल्लेख छ ।दोधारा चाँदनी ५ की किशोरीलाई तीनै जनाले विभिन्न प्रलोभन दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । उजुरीपछि पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको डीएसपी डांगीले बताए ।