काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन्। संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेकी हुन्।
उनले भनिन्, ‘अहिलेको माहोल देख्दाखेरी सबैको प्रतिक्रिया सुन्दा म ढुक्क छु। अहिले दल–दल एकातिर बसेपनि संविधान विपरित पुरुष उम्मेदवार बनाउनै नहुँने हो। संविधानको भावना अनुसार आपत्तिजनक छ।’
राजनीति हिबासले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उनको बुझाइ छ।
उनले भनिन्, ‘मेरो इच्छाले भन्दापनि आवश्यकता महशुस गरेर उम्मेदवार भएको हुँ। पार्टीबाटै आग्रह भएपछि मैले स्वीकारेको हो। म अहिले पनि राजनीतिमा सक्रिय छु। यो सेरोमोनियल पद हो। अधिकारसम्पन्न कार्यकारी पनि होइन राष्ट्रपति र उपराष्ट्रपति। तर, यो गरिमामय पद हो। यसले संविधान र राष्ट्रको संरक्षण गर्नुपर्छ। कामको हिसाबले कमजोर भएपनि यो उच्च पदस्थ हो।’
आज बिहान १० बजेदेखि संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । उपराष्ट्रपति पदका लागि शाक्य सहित जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा रहेकी छन् ।
यो पनि पढ्नुस् :-
महिलाको हक स्थापित गर्नेछु : ममता झा
उपराष्ट्रपतिमा विजयी भए संविधानको रक्षा गर्नेछु : यादव