काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको बेला लामिछाने र प्रचण्डबीच एक घण्टा छलफल भएको हो। पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन।
प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली र लामिछानेबीच शनिबार भएको भेटमा अर्को मन्त्रालयको विकल्प बारेमा पनि छलफल भएको थियो। ओली र प्रचण्डले अर्को मन्त्रालय लिएर भए पनि सरकारमा रहन आग्रह गरेका थिए।
सरकारमा बस्ने कि बाहिरिने भन्ने बारे रास्वपामा विवाद रहेको जनाइएको छ। त्यसका लागि रास्वपाले आइतबार विहान बैठक बोलाएको छ।आफूलाई गृहमन्त्री बनाउन ४८ घण्टे अल्टिमेटम हिजो बेलुका नै सकिएको छ।