अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी युवा संघले प्रदर्शन गरेको छ। एमसिसी खारेजीको माग गर्दै संघले बुधबार दिउँसो काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुले हातमा, ‘अमेरिकी सैन्य गठबन्धन चाहिँदैन’, ‘देशघाती एमसिसी खारेज गर’, ‘एमसिसीका मातियारहरु मूर्दावाद’, ‘सरकार र भ्रष्टाचारीहरुको साँठगाँठ मूर्दावाद' लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड देखाएर विरोध जनाएका छन्। विरोधसभामा जयसिंह धामीको हत्यारालाई कारबाही गर्न पनि माग गरिएको छ।



