एजेन्सी– डिज्नीले अघिल्लो मंगलबारमात्रै ‘डिज्नी प्लस भिडियो स्ट्रिमिङ’ सेवा सुरु गरेको थियो। डिज्नीले सेवा सुरु गरेको केही घण्टामै ह्याकरहरुले डिज्नी प्लसका अकाउण्ट ह्याक गरी सेलमा राखेका छन्।
त्यसमध्ये धेरैजसो अकाउण्ट निःशुल्क रुपमा उपलब्ध गराइएको छ, भने कतिपय अकाउण्ट बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएका अकाउण्टको मूल्य ३ देखी ११ अमेरीकी डलर तोकिएको छ।
हाललाई ‘डिज्नी प्लस भिडियो स्ट्रिमिङ’ सेवा अमेरिका, क्यानडा र नेदरल्याण्डमा मात्रै उपलब्ध रहेको छ। सेवा सुरु भएको २४ घण्टामा एक करोड भन्दा बढी अकाउण्ट खुलेको अनुमान गरिएको थियो।
एकैपटक धेरै संख्यामा अकाउण्ट खुल्दा सुरुमा डिज्नीको भिडियो स्ट्रिमिङमै समस्या आएको बताएको थियो। प्रयोगकर्ताहरुले भिडियो लोड हुन नसकेको भन्दै गुनासो पनि गरेका थिए।