काठमाडौं– सवैको भान्सामा प्रयोग हुने तरकारी नै आलु हो। आलुका विभिन्न परिकार बनाएर खाने गरिन्छ। तर, आलुुलाई तरिका मिलाएर खान जानिएन भने विष समान हुनसक्छ।
चाहुरि परेको आलु– लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ। जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ। आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ। यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ। यस्तो आलु सेवन गर्दा हानी पुग्छ। यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ।
हरियो रंग– बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं। लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ। यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ। आलुको हरियो भागमा सेलेनाइन वि’षाक्त पदार्थ हुन्छ।
स्वास्थ्यका लागि कस्तो आलु खानु खतरा– आलूलाई भण्डारण गरेर राख्ने गरिन्छ। तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने र्पुयाउँदैन।
टुसाएको आलु– आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ। अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ। तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन। तर, तरिका मिलाएर आलु खानु पर्छ। आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ।
आलुमा भिटामिन सि, बि कम्पलेक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ। आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन।