काठमाडौं– सदाबहार फूल क्याथरन्थस रोसेउस परिवारमा पर्ने यस फूललाई नेपालीमा सदाबहार फूल सस्कृतमा नित्य कल्याणी वा सदा पुष्प र अग्रेंजीमा रोज पेरिविङ्कल र ओल्ड मेइड् भनिन्छ। नेपालमा जताततै पाइने यो वनस्पतिले क्यान्सर, सुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्छ।
सुगर– यो वनस्पतिको सम्पुर्ण बोटमा १५० प्रकारका अल्कालोइड पाइन्छ। जसको प्रयोगले शरिरमा हाइपोग्लाइमिक इभेक्ट गर्ने हुनाले रगतमा भएको चिनीकोमात्रा घटाउन महत्वपूर्ण भुमिका खेल्छ। यसमा रहेका अल्कालोइड ले प्यानक्रिएज् को बेटा सेललाई शक्तिशालि बनाउने भएकाले प्यानक्रिएजले उत्पादन गर्ने हार्मेन इनसुलिन् को उत्पादन र वितरण सन्तुलित मात्रामा हुने गर्दछ।
यसकालागी बिरामीले यो वनस्पतीको फूल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेको लेदोबाट रस निकालेर नित्य १० दिन सम्म बिहान खाली पेट सेवन गरे यो रोग बाट मुक्ती सम्भव छ। नियमित १० दिन सेवन पश्चात रगत जाँच गराएर हेर्नुहोला।
क्यान्सर– यसको सम्पूर्ण बोटमा १५० प्रकारका ब्पिबयिष्म पाइन्छ भनेर अघि नै भनियो। यसको पातमा मात्रै २ प्रकारका अल्कालोइड पाइन्छ जसलाई भिनक्रिस्टाइन् र भिनब्लास्टाइन् भनिन्छ। यी दुई नाममा क्यान्सरका विरामीहरुलाई केमोसँग मिसाएर दिइने इन्जेक्सन पनि पाइन्छ। क्यान्सका रोगीहरुलाई यो वनस्पतीको पात पिधेर अचार जस्तो बनाइ खुवाएमा क्यान्सर रोगमा राहत पुग्दछ। यदि रोगी खान नसक्ने अबस्थामा छ भने लेदोदाइ पानीमा घोलेर चम्मचका सहाराबाट पनि खुवाउन सकिन्छ उ
उच्च रक्तचाप– यो वनस्पतीको जरामा एज्मालिसिन् र सेरपेन्टाइन् नामक अल्कालोइड पाइन्छ। जुन एन्टी हाइपरटेन्सिभ पनि हो। उच्च रक्तचापको समस्या हुनेहरुले यसको जरा राम्ररी धोएर बिहान खाली पेटमा चबाएर रस निल्ने गर्नाले रक्त चाप नियन्त्रित हुन्छ। तर यसरी प्रयोगमा ल्याइने यो वनस्पतीको फूल सेतो वा गुलाबी हुनुपर्दछ।