एजेन्सी- अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा प्रदान गरिने अवार्डबाट नेपाली चेली डाक्टर रश्मी शाह सम्मानित भएकी छन्। रश्मीले ‘अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडल’ प्राप्त गरेकी हुन्।
नेपालको धनुषा जिल्लाकी रश्मी नासाको जेट प्रोपल्सन ल्याबरोटरी (जेपीएल)मा रिसर्च टेक्नोलोजिस्टको रुपमा कार्यरत छिन्।
रश्मीले माटोको आद्रता, आद्रभूमि, हिउँको गहिराई र समुद्र सतहको गुणको मापन गर्ने अभियानमा विशेष योगदान दिएको भन्दै नासाले उक्त अवार्ड प्रदान गरेको हो।
रश्मीले सन् २०१४ मा अमेरिकाको पर्ड्यू विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा आफ्नो पीएचडी पूरा गरेकी थिइन्।