काठमाडौँ - विश्वकै सबैभन्दा ठूलो जहाजले अमेरिकाबाट पहिलो उडान भरेको छ। संसारकाे सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सहसंस्थापक पल एलनले खोलेको ‘स्ट्रेटोलन्च सिस्टम’ नामक कम्पनीले सो विमान तयार पारेको हो। सन् २०११ मा माइक्रोसफ्टका सह संस्थापक एलनले यो कम्पनी खोलेका थिए।
यस विमानमा ३ सय ८५ फिट लम्बाई भएको यो विमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको छ। यस विमानमा दुईवटा एअरक्राफ्ट जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन रहेका छन्।
यो विमान सेटेलाईट लन्च गर्ने उद्देश्यले तयार पारिएको हो। कुनै पनि भू-उपग्रहलाई यसले १० मिनेटसम्मको उडानमा बोकेर लन्च गर्दै आकाशमा छोड्नेछ। पहिलो पटक विमानले १ सय ७० माइल प्रतिघण्टाको गतिमा १५ माइल फिट उचाइमाथिबाट उडान भरेको छ।
यो परियोजना सफल भएको खण्डमा अन्तरिक्षमा कुनै सामान रकेट पठाउनभन्दा पनि सस्तो र सुलभ हुने बताएको छ। ब्रिटिश अर्बपति रिचर्ड ब्रेन्सनको कम्पनी भर्जिन गेलेक्टिकले पनि सेटेलाइट लन्च गर्न सक्ने विमान बनाएको छ। स्ट्रेटोलन्चले आफ्नो यो विमान सबैभन्दा ठुलो बताएको छ। यद्यपि लम्बाई र चौडाइका आधारमा धेरै ठुला एयरक्राफ्टहरु पनि रहेका छन्। (एजेन्सी)