नेकपा एमालेको आज बसेको स्थायि कमिटी बैठकले माधव–झलनाथ समुहका ११ जनालाई पार्टीबाट निष्काशन र १२ जनालाई स्पष्टीकरण सोध्यो। यसले पार्टीभित्रको बिवाद चरमउत्कर्षमा पुगेको छ। माधव–झलनाथ समुहले अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुशता देखाएको आरोप लगाइरहेका छन् ओली समुहले माधव–झलनाथ समुह विपक्षीसँग मिलेर पार्टी सिध्याउन लागेको आरोप लगाएको छ।
यसैविच पार्टीले कारबाही गरेपछी एमाले बरिष्ठ नेता खनाल र पुर्वउपाध्यक्ष भिम रावलले तिखो प्रतिकृया दिएका छन्। खनालले एक सञ्चारमाध्यमबाट आफ्नो धारणा सार्वजनिक गरेका हुन भने रावलले सामाजिक सञ्जालमार्फत।
उनीहरुको प्रतिकृया जस्ताको त्यस्तैः
झलनाथ खनाल
‘आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन्। यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो। म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौ समेत हल्लिएको छैन। ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन्। यस्तो अपराधीलाई चाडो भन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ।'
भिम रावल
‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’