काठमाडौं– पछिल्लो चौबिस घण्टामा देशभर २ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । उनका अनुसार याेसँगै संक्रमितको संख्या २१ हजार ९ जना पुगको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा ६२ कोरोना संक्रमित थपिएका छन् । गौतमका अनुसार आज ६५ जना डिस्चार्ज भएका छन् । याेसँगै डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । त्यस्तै क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।