धनुषा– प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सर्लाहीका रामविश्वास पटेल पक्राउ परेका छन् । बिआर ०६ पिई ०६५८ नम्बरको गाडी लिएर आएका पटेलले भन्सार पास नबनाएका कारण प्रहरीलाई आर्थिक प्रलोभन देखाएका थिए ।
प्रहरीले जाँचका क्रममा गाडीको भन्सार नपाएपछि पटेललाई लक्ष्मिनिया गाउँपालिका–७ लक्ष्मिनिया चोकबाट पक्राउ गरेको हो । उनले प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पटेललाई थप अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएको छ ।