काठमाडौं- मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले डेटा प्याकमा निःशूल्क भ्वाइस कल उपलब्ध गराएकाे छ । कम्पनीले डेटा प्याक खरीद गर्दा निःशूल्क रुपमा अनलिमिटेड भ्वाइस कल उपलब्ध गराएको हो ।
विक्ली कम्बो प्याक (Weekly Combo Pack) नाम दिइएको यस आकर्षक अफरअनुसार ३ जीबीको साप्ताहिक डेटा प्याक खरीद गर्ने प्रयोगकर्ताले प्याक अवधिभरका लागि निःशूल्क भ्वाइस कलको सुविधा पाउनेछन् । यस्तो भ्वाइसकल स्मार्ट टु स्मार्ट नटवर्कमा मात्रै मान्य हुने कम्पनीले जनाएको छ ।
कम्पनीले उपलब्ध गराएकाे याे डेटा भोलुम प्याककाे मूल्य करसहित ९८ रुपैयाँ रहेकाे छ । स्मार्ट टेलिकमका प्रयोगकर्ताले यो *१४१*७*२*१# डायल गरी प्याक खरीद तथा सुचारु गर्न सक्नेछन् ।
