कांग्रेस सभापतिमा पाँच जनाको उम्मेदवारी परेको छ ।
हालका सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिएका हुन् ।
देउवा टिम
नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् ।
सभापति देउवासँगै पार्टी उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मा छन् ।
शेखर टिम
नेपाली कांग्रेसको सभापतिमा नेता शेखर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।
नेता कोइरालाको टिममा उपसभापति धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् भने महामन्त्रीको रुपमा गगन थापा र डा. मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै, सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीको टुंगो लागेको छ ।
सिंह टिम
नेपाली कांग्रेसको सभापतिमा नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन् ।
सिंहको समूहबाट उपसभापतिमा सुजाता कोइरालाले मनोनयन दर्ता गरेकी छन् । उक्त टिमको महामन्त्रीमा विश्वप्रकाश शर्मा छन् ।
काँग्रेसको सभापतिमा नेता बिमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरेका छन् । उनको टिमका अन्य पदाधिकारीको नाम खुलेको छैन ।
त्यस्तै, सभापतिमा उम्मेदवारी दिएका कल्याण गुरुङको पनि टिम खुलेको छैन ।