नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रकाशमान सिंहको प्यानलबाट शर्माले महामन्त्रीको उम्मेदवारी दर्ता गरेका हुन् ।
शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता भइराखेको छ ।
यसअघि शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजालले महामन्त्रीको रुपमा मनोनयन दर्ता गरिसकेका छन् ।
त्यस्तै, शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।