नेपाली कांग्रेसको सभापतिमा नेता शेखर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।
नेता कोइरालाको टिममा उपसभापति धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् भने महामन्त्रीको रुपमा गगन थापा र डा. मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।
शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ ।
शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशनमा शनिबार दर्ता भइराखेको छ ।
त्यस्तै, नेपाली कांग्रेसको सभापतिमा नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन् । सिंहको समूहबाट उपसभापतिमा सुजाता कोइरालाले मनोनयन दर्ता गरेकी छन् ।
नेता सिंहले उम्मेदवारी दर्ता गर्नुअघि अयोजित कार्यक्रममा अवधारणा पत्रसमेत सार्वजनिक गरेका छन् ।
काँग्रेसको सभापतिमा नेता बिमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरेका छन् ।
निधिले महाधिवेशन मिति घोषणा भएपछि छुट्टै सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तिव्रता दिएका थिए ।
पार्टी सभापतिमा यसअघि कल्याण गुरुङले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् ।