नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टी उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशनमा नेता आचार्यले शनिबार उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।
शनिबार नेताहरुले पार्टी नेतृत्वका लागि उम्मेदवारी दर्ताकोक्रम चलिरहेको छ ।
पार्टी सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवासहित शीर्ष आधा दर्जन नेताले दाबी गर्दै आएका छन् ।