नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि शेखर कोइरालाले आफ्नो टीमको टुंगो लगाएका छन् ।
शनिबार दिउँसो नेताहरुको छलफलले कोइराला नेतृत्वको टीमको टुंगो लागेको हो ।
सभापतिः शेखर कोइराला
उपसभापतिः धनराज गुरुङ र चन्द्र भण्डारी
महामन्त्रीः डा. मिनेन्द्र रिजाल र गगन थापा
सहमहामन्त्रीः खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ ।
यसअघि यो समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उठाउने भनिए पनि अन्तिम समयमा शर्मा अटाएनन् ।