नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले ‘नेपाल सुशासन पार्टी’ घोषणा गरेका हुन् ।
उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए । पूर्वडीआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।
उनले सेवा गरेर मेवा खाने नभइ सेवामात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर नागरिकलाई धोका नदिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए ।