नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास र राष्ट्रियताको विषयमा काँग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
यसअघि महाधिवेशनलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हिजोआज नेतालाई जनताले चोर भन्ने थालेको बताएका थिए ।
त्यसप्रति कटाक्ष गर्दै ओलीले भने, ‘नयाँ नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, बढी कुद्छ । विस्तारै राम्रो हुन्छ ।’