१० बर्षकी बालिकाले आफ्नो खेलौनाको व्यवसायबाट यति कमाई गर्छिन् कि १५ बर्षको उमेरमा पनि आरामसँग अवकाश लिन सक्छन् ।
पिक्सी कर्टिस नामकी यो बालिकालाई उनको व्यवसाय सुरु गर्न उनकी आमा रोक्सीले धेरै सहयोग गरेकी थिइन् ।
अचम्मको कुरा के छ भने पिक्सीले पछिल्ले एक महिनामा नै एक करोड ४ लाख रुपैयाँभन्दा बढी कमाएकी छन् । मिररमा प्रकाशित समाचारअनुसार अस्ट्रेलीयाकी पिक्सीले आफ्नी आमासँगै फिजेट्स र रंगीन पपिङ खेलौना बनाउँछिन् ।
यी खेलौनाको माग यति धेरै छ कि हातैबाट बिक्री भैरहेको छ । यस बाहेक त्यहाँ पिक्सीको नामा हेयर एक्सेसरी ब्रान्ड पनि छ जसको स्वामित्व उनकी आमा रोक्सी गर्छिन् । यसमा धेरै स्टालिश र सुन्दर हेण्ड ब्यान्डहरु, क्लिपहरु र अन्य सामानहरु समावेश छन् ।
रोक्सीले एक अन्तर्वातामा भनिन्, ‘मेरो लागि सबैभन्दा रोमाञ्चक कुरा भनेको मेरो छोरीमा यति सानो उमेरमा भएको उदुमशीलता हो । जबकी यो प्रतिभा उनीमा कहिल्यै देखिन । म पनि सफल हुन चाहन्थेँ । तर मेरो छोरीले यति सानै उमेरमा व्यवसाय सफल बनाएर मेरो सपना पूरा गरिन् । छोरीकै कारण मैले उद्यमी बन्ने अवसर पाएँ ।’