विइंग ह्युमन क्लोथिङ नेपालले सस्तो लोकप्रियताको लागि षडयन्त्रपुर्वक रुपमा गरिएको कारवाहीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त संस्थाले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबार घटित घटनाले हामी मर्माहित बनाएको र नेपाली जनता र ग्राहकमाझ लोकप्रिय यस संस्थाको मानमर्दन हुनेगरी सस्तो लोकप्रियताको लागि षडयन्त्रपुर्वक रुपमा गरिएको कारवाहीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
शुक्रबार प्रहरीले विइंग ह्युमन क्लोथिङका म्यानेजर हिरोसी खनाललाई स्रोत नखुलेको भन्दै ६९ लाख ५० हजार नगदसहित पक्राउ गरेको जानकारी दिएको थियो ।
विइंग ह्युमन क्लोथिङ नेपालले उक्त रकम जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जा र पसलको व्यापारबाट आर्जित रकम रहेको दाबी गरेको छ ।
त्यसको खण्डन गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘यस संस्थासँग सम्बन्धित व्यक्तीले जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जा र पसलको व्यापारबाट आर्जित रकमलाई प्रहरीले नियन्त्रणमा लिई सो रकमको श्रोत नखुलेको ठहर गरेको र सोहिअनुसार विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषित हुँदा हाम्रा ग्राहक महानुभावहरुमाझ भ्रमको वातावरण बन्न गएको हुँदा उक्त रकमको श्रोत स्पष्ट खुलेको र आवश्यक कागजात एवम् प्रमाणहरुसहित कानुनी उपचार लिन लागिएको यहाँहरु सबैमा जानकारी गराउदछौँ ।’
साथै, संस्थालाई बदनाम गरि निजी स्वार्थपुर्ती गर्ने कार्यमा संलग्नहरुको पहिचान गरि आवश्यक कानुनी कारवाहीको लागि समेत संस्थाले आवश्यक कदम चाल्ने विज्ञप्तिमा जानकारी गराइएको छ ।
ग्राहकमाझ अत्यन्त प्रिय र रोजाईमा पर्दै आएको विइंग ह्युमन क्लोथिङ नेपाल एउटा व्यवसायमात्र नभई सामाजिक सेवाभावबाट उत्प्रेरित संस्था पनि हो ।
भारतीय सुपरस्टार सलमान खानद्वारा सामाजिक कार्यका लागि स्थापित विइंग ह्युमन फाउण्डेशनद्वारा सञ्चालित यस कम्पनीले पछिल्लो समय नेपालमा पनि विभिन्न सामाजिक गतिवीधिहरु गर्दै आएको छ । जसका कारण यस संस्थाको लोकप्रियता र विश्वसनियता अझ बढ्दै गएको छ ।
हेर्नुस्, विज्ञप्तिको पूर्णपाठः
मिती: २०७८ मंसिर २० गते
प्रेस वक्तव्य
ग्राहकमाझ अत्यन्त प्रिय र रोजाईमा पर्दै आएको विइंग ह्युमन क्लोथिङ नेपाल एउटा व्यवसायमात्र नभई सामाजिक सेवाभावबाट उत्प्रेरित संस्था पनि हो । भारतीय सुपरस्टार सलमान खानद्वारा सामाजिक कार्यका लागि स्थापित विइंग ह्युमन फाउण्डेशनद्वारा सञ्चालित यस कम्पनीले पछिल्लो समय नेपालमा पनि विभिन्न सामाजिक गतिवीधिहरु गर्दै आएको छ । जसका कारण यस संस्थाको लोकप्रियता र विश्वसनियता अझ बढ्दै गएको हामीले विश्वास लिएका छौँ ।
यसै दौरान गत शुक्रबार घटित घटनाले हामी मर्माहित भएका छौ । नेपाली जनता र ग्राहकमाझ लोकप्रिय यस संस्थाको मानमर्दन हुनेगरी सस्तो लोकप्रियताको लागि षडयन्त्रपुर्वक रुपमा गरिएको कारवाहीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
यस संस्थासँग सम्बन्धित व्यक्तीले जग्गा खरिद गर्नका लागि सहकारीबाट लिएको कर्जा र पसलको व्यापारबाट आर्जित रकमलाई प्रहरीले नियन्त्रणमा लिई सो रकमको श्रोत नखुलेको ठहर गरेको र सोहिअनुसार विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषित हुँदा हाम्रा ग्राहक महानुभावहरुमाझ भ्रमको वातावरण बन्न गएको हुँदा उक्त रकमको श्रोत स्पष्ट खुलेको र आवश्यक कागजात एवम् प्रमाणहरुसहित कानुनी उपचार लिन लागिएको यहाँहरु सबैमा जानकारी गराउदछौँ ।
साथै, यस संस्थालाई बदनाम गरि आफ्ना केहि निजी स्वार्थपुर्ती गर्ने कार्यमा संलग्नहरुको पहिचान गरि आवश्यक कानुनी कारवाहीको लागि समेत संस्थाले आवश्यक कदम चाल्ने सबैमा जानकारी गराउदछौँ ।
अन्त्यमा, विइंग ह्युमन क्लोथिङ नेपाल कुनै पनि किसिमका षड्यन्त्र र अमर्यादित प्रहारहरुबाट किचिंत विचलित नभई हामा्र ग्राहक महानुभावहरुको सेवामा सदैव तत्पर रहने र आगामी दिनहरुमा समेत थप उर्जाका साथ अघि बढ्ने दृढता व्यक्त गर्दछौँ ।