कोभिड–१९ महामारीका कारण बन्द रहेको जापानको सिमा खुलेको भन्दै केहि दिनयता सञ्चारमाध्यममा समाचार आईरहेका छन्। यो समाचारका कारण शैक्षिक परामर्श व्यवसायीहरुमा एक किसिमको हर्षित समेत भए।
तर, ‘भिएफएस ग्लाेबल’ले भने अहिलेसम्म जापानको सिमा पुर्ण रुपमा खुलिनसकेको जानकारी दिएको छ। भिएफएसले सञ्चारमाध्यममा आएजस्तो अन्र्तरराष्ट्रिय विद्यार्थीहरुको लागि सिमा नखुलेको बताएकाे छ।
‘मिडियामा चाँहि आयो खोल्यो खोल्यो भनेर, तर, वास्तवमा त्यो चाँहि भएको छैन्,’ भिएफएस निकट स्रोतले नेपाली पब्लिकसँग भन्यो, ‘हामी निरन्तर बैठक बसिरहेका छौं । अन्तराष्ट्रिय विद्यार्थी र केहि प्रकारका कामदारहरुको लागि प्रवेश गराउने विषयमा छिट्टै निर्णय आउन सक्छ।’
अन्तरराष्ट्रिय विद्यार्थीलगायत अन्य विभिन्न प्रयोजनका लागि सिमा खुलाउने विषयमा जापानीज दुताबासको निर्णयको पर्खाईमा रहेको भिएफएस निकट स्रोतले जनाएको छ ।
भिएफएस स्रोतका अनुसार डिपेन्डेटको हकमा भने खुलिसकेको छ भने ‘विद्यार्थीको हकमा भने यो साताको अन्त्यमा वा आउने सातादेखि खुल्ने सम्भावना छ।