प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले टेलिभिजन कार्यक्रम सुरु गरेका छन्।
उनी यसअघि देउवासँग जोडिएको भविष्यवाणीका कारण चर्चित बनेका थिए। उनी शेयर बजार लगायतका विषयमा स्वतन्त्र रुपमा भविष्यवाणी गर्ने गरेका छ्न्। उनले ग्यालेक्सी फोरके टेलिभिजन मार्फत बिहान ८ः३० देखि ९ः ०० बजेसम्म दैनिक रुपमा प्रसारण हुने 'फलादेश विथ सुरेशचन्द्र रिजाल' ल्याएका हुन्।
ऋषिमहर्षीहरुबाट प्राप्त ज्ञानलाई वैदिक, वैचारिक र वैज्ञानिक ढङ्गबाट प्रस्तुत गरिने कार्यक्रम फलादेश ज्योतिष तथा वास्तुशास्त्रसँग सम्बन्धित धार्मिक कार्यक्रम हो। पञ्चाङ्गका आधारमा भुत वर्तमान र समग्र भविष्यफलका वारेमा शास्त्रसम्मत ढंगले जानकारी गराउने उक्त कार्यक्रमको उद्धेश्य रहेको रिजालको भनाइ छ।