काठमाडौं स् अमेरिकाले सन् २०२३ को लागि डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा खोलेको छ।
बुधबारदेखि आगामी कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। आवेदन दिनका लागि पासपोर्ट नम्बर, पासपोर्ट म्याद र इमेल, तस्वीर र व्यक्तिगत विवरण पेस गर्नु अनिवार्य छ।
डिभी चिठ्ठा निःशुल्क रहेको र गत वर्ष आवेदन दिएका मुलुकहरूले फेरि आवेदन दिन सकिने बताइएको छ। स्थायी बसोबास गर्न चाहनेलाई अमेरिकाले संसारभरबाट डिभी चिठ्ठामार्फत छनोट गर्दै आएको छ।आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन्।