महिनावारीमा प्रयोग गर्ने प्याडको मूल्यमा भएको वृद्धिको विरोधमा आज (शुक्रबार) पनि विरोध प्रदर्शन गरिएको छ । उनिहरुले स्यानिटरी प्याडमा कर नलिन माग गरेका छन् ।
आज माइतीघर मण्डलामा संकेतिक विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा ‘रातो कर खारेज गर, महिनावारीमा कर किनरु स्यानिटरी प्याड बिलासिता होइन आवश्यकता हो’ जस्ता प्ले कार्ड राखिएको थियो।
महिनावारी जस्तो अति आवश्यक समयमा प्रयोग गरिने बस्तुमा मूल्य वृद्धि भएको भन्दै केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ।