नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
समितिले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार शुक्रबार दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशन व्यवस्थापन समितिका संयोजक थापाले पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा बस्ने उल्लेख गर्दै मुल हलमा ३ हजार प्रतिनिधि रहने जानकारी दिए ।
दायाँ बायाँको हलमा एकएक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एकएक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले बताए ।सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ ।