प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बोलाउको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
पूर्व—प्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्रीले बोलाएको बैठकमा नजाने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएका छन् ।
संसदको उक्त गतिरोध हटाउने बारे छलफलका लागि प्रम देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । तर बैठकमा प्रमुख प्रतिपक्षी दलकै अध्यक्ष नजाने भएपछि बैठकले सार्थकता नपाउने देखिएको छ ।