प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज (बिहिबार)अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुनेछ। प्रधानमन्त्री नियुक्त भएको लामो समय बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका कामकारबाही प्रभावित हुँदै आएका छन्।