प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज(बिहिबार)सर्वदलीय बैठक बस्दैछ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बैठक बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसदमा भएका सबै दललाई डाकिएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।
यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक वहिष्कार प्रमुख विपक्षी एमालेले प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जाने एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् ।