बझाङको सेती नदी किनारमा बुधवार दिउँसो एक महिलाको शब फेला परेको छ । वेवारिसे अवस्थामा भेटिएको शव जिल्लाको तलकोट गाउँपालिका–३ बस्टिकी २६ वर्षीया धनलक्ष्मी भण्डारी रोकायाको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
धनलक्ष्मी असोज ८ गते राती घरबाट एक्कासि बेपत्ता भएकी भण्डारी बुधबार दिउँसो २ बजे जिल्लाको जयपृथ्वी नगरपालिका– १० पानकोट स्थित पुलको मुनी सेती नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।