पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहिबार १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ। त्यस्तै २ हजार २९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।अहिलेसम्म ६ लाख ७७ हजार ३७७ जना कोरोना मुक्त भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।