लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनलगायत ४ गठबन्धनकाे समर्थनमा केसीलाई बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
केसी नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्। एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीलाइ बिहीबार गठबन्धनको तर्फबाट बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा प्रस्ताव गरिएको थियो।
गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ। केसी रोल्पाको निर्वाचन क्षेत्र १ को 'क' बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।