बंगलादेश लगायत बिदेशका विभिन्न ठाउँमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुले आफ्नो समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा नेप्लीस मेडिकल स्टेुडेन्ट एसोशिएसन बंगलादेशका अध्यक्ष नविन यादबले उक्त ध्यानाकर्षण पत्र प्रधानमन्त्री देउवालाई बुझाएको हो।
बंगलादेश सरकारले नेपाली विद्यार्थीकालागि कुन संकायमा कति छात्रवृति उपलब्ध गराइरहेको छरु छात्रवृति पाउने प्रकृया र मापदण्ड के कस्तो छ, भन्ने बारे सम्बन्धित निकायले वैज्ञानिकरुपमा व्यवस्थापन नगरेका कारण केही कन्सल्टेन्सी एवम् विचौलीयाहरुबाट नेपाली विद्यार्थीहरु ठगीनुको क्रम जारी नै रहेको बिषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराइएको र तत्काल समस्या समाधान गर्न पनि उक्त ध्यानाकर्षण पत्र मार्फत अनुरोध गरीएको छ।
एसोशिएसनका अध्यक्ष यादबले भने, "देशमा व्यवस्थित चिकित्सा शिक्षा प्रणाली नहुनाले आफ्नै देशमा पढ्ने चाहना हुँदा हुँदै पनि प्रत्येक वर्ष हजारौं संख्यामा विद्यार्थीहरु विदेशिन बाध्य हुने गरेका छन्।"