राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डको अहिले जारी बैठक सकिएपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने, “अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइनेछ।“
यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए।
यसअघि, राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो।