राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका पूर्वअध्यक्ष हरिभक्त वान्तवा राई झुण्डिएको अवस्थामा फेला परेका छन्। ८२ बर्षीय राई धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा शुक्रबार बिहान मृत भेटिएका हुन्।
प्रहरीका अनुसार सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको छ। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। किरात राई योक्खा धनकुटाका संस्थापक अध्यक्षसमेत रहेका राई जनता समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष पार्वती राईका बुवा पनि हुन्।