बिहारकाे नालन्दा जिल्लामा सामूहिक हत्याको एक डरलाग्दो घटना बाहिर आएको छ। जग्गा विवादलाई लिएर एकै परिवारका ६ जनाको गोली हानी हत्या गरीएको छ भने अन्य ३ जना घाइते भएका छन्।
एकै परिवारका सदस्यहरू यदु यादव, पिन्टू यादव, मदहेश यादव, धीरेन्द्र यादव, शिवेन्द्र यादव, विन्दा यादव गोली लागी मृत्यु भएका हुन् भने मिट्ठू यादव, परशुराम यादव, र मन्टू यादव घाइते भएका हुन्।
उक्त घटनामा प्रहरीको पनि लापरवाही भएको कुरा बाहिर आएको छ। यो घटना नालन्दाको राजगीर उपविभाग अन्तर्गत छबिलापुर प्रहरी चौकी क्षेत्रको हो।
प्रहरीका अनुसार अभियुक्क्तहरुले घटनास्थलमा लगभग २०० राउन्ड गोली चलाएको थियो। घटनापछि पुरै गाउँ छाउनीमा परिणत भएको छ। सबै अभियुक्त फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएका छन्। स्राेत: आजतक