ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराइने बताएकी छिन्।
बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले भनीन् ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु। करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ। घरेलु उपभोग बढाउनका निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्धेश्यद्वारा त्यसको तयारी गरेको छु मैले।’
उनले भनीन् ‘सबै कृषियोग्य जमिनमा सिंचाइ पुर्याउने छ। सिंचाइलाई पनि हामीले आधारभूत र निःशुल्क ढंगले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिंचाइ गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पद्धार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो।’
अहिले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका लागि अध्ययन भइरहेको छ।