नयाँ बानेश्वरमा आजपनि प्रदर्शनसहित धर्नाको तयारी गरेका नागरिकता बिहीन युवाहरुको समूहलाई प्रहरीले हटाएको छ। संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयक पारित गर्न माग गर्दै प्रदर्शनसहित धर्नाको तयारी गरेका युवाहरुलाई प्रहरीले लखेटेको हो।
बुधबार भने उनीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका थिए। जिल्ला प्रशासन कार्यालयले धर्ना तथा विरोध प्रदर्शनमा रोक लगाएकाले सोही अनुसार गरिएको प्रहरीले बताएका छन्।