बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बसेको माधव समूहको स्थायी कमिटी बैठक नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको पहल जारी राख्ने बताएको छ। तर त्यसका लागि केपी शर्मा ओली अध्यक्ष पदबाट हट्नुपर्ने माग माधव समूहको छ। यद्यपि, उनले एकताको सम्भावना न्यून भएकाले अलग पार्टी बनाउने विषयमा समेत छलफल हुने बताए।
केपी ओलीले आफ्नो नामको पार्टी खोलेर र बयलगाडा चुनाव चिह्न लिनुपर्ने बताउँदै उनले भने, 'ओलीको पार्टी एमाले त अवैंधानिक भइसक्यो। कि ओलीलाई हटाउन हामीले सक्नु प¥यो नभए त एउटै पार्टी त कसरी हुन्छ ? ओली अध्यक्ष रहेसम्म सहमति हुदैँन।’
आजै माधव समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ। केन्द्रीय कमिटीमा सरकारमा जाने नजाने विषयमा छलफल हुने उनले बताए। अर्कोतिर , पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएकोमा आपत्ति जनाएको छ।