केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेको छ। कोरोना संक्रमणको दर बढ्दै गएसँगै थप जोखिम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको जोखिम विस्तारै बढ्दै गएको पुष्टि गर्छ।
मन्त्रालयकाे अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याे सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १०३० मा संक्रमण देखिएको छ। सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन्। याे सँगै नेपालमा मृत्यु हुनेकाे कुल संख्या ९ हजार ७३८ पुगेको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन्। जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन्।