सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ। यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो।
काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिए। खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो। खोप अभियानका लागि काठमाडौँ जिल्लामा ४४ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराइँदै आइरहेको थियो।
भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो। चीनबाट करिब आठ लाख खोप आएपछि खोप अभियान सञ्चालन भएको थियो।