अन्तरराष्ट्रिय सञ्चारमाध्यम बिबिसीले हालसालै आफ्नो लोगोमा सामान्य परिवर्तन गरेको छ। पुरानो लोगो र नयाँ लोगोमा खासै भिन्नता भने देखिदैन।
नयाँ लोगोको ‘फन्ट’ अलि सानो छ भने अक्षरहरुविचको दुरी बढाइएको छ। यतिको लागि बिबिसीले लोगोमा सामान्य परिवर्तन गर्नका लागि १८ लाख डलर अर्थात २१ करोड ४४ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ।
बिबिसीले जनाएअनुसार नयाँ लोगोमा आफ्नै फन्टको प्रयोग गरिएको छ। बिबिसीका संस्थापक जोन रिथको नाममा नामाकरण गरिएको बिबिसी रिथ नामक फन्ट नयाँ लोगोमा गरिएको हो।
आफ्नै फन्ट प्रयोग गरेर लोगो बनाउन समेत बिबिसीले यति ठुलो रकम खर्चिएपछी त्यहाँका करदाता (जसको करबाट बिबिसी चल्छ) रिसाएका छन्।
तर, बिबिसीले भने पहिला प्रयोग गरिएको गिल सन्सको लाइसन्सवापत तिर्नुपर्ने लागत अब तिर्नु नपर्ने भएको हुनाले बिबिसीले आफ्नै फन्ट प्रयोग गरेर लोगो बनाउँदा दिर्घकालिन रुपमा भने फाइदा हुने जनाएको छ।