नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गरेको छ। संघमा आबद्ध नेता, कार्यकर्ताले केपी शर्मा ओलीको समर्थनमा वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंकाे नयाँ बानेश्वरबाट माइतीघरसम्म प्रदर्शन आयोजना गरेका हुन्।
विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको बिरुद्धमा उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, राष्ट्रघाती गठबन्धन चाहिँदैन, संविधान मिच्न पाइँदैन, आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई लगायतका नारा लगाएका थिए।
राष्ट्रिय युवा संघ नेपालद्वारा नयाँबानेश्वरमा आयोजना गरेकाे सडक प्रदर्शनका केहि तस्विरहरू:





