संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निजी कम्पनीमा रुपान्तरण गर्ने–नगर्ने भन्ने विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताएको छ। आइतबार पर्यटन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
‘नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एमं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’ पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्त तारानाथ अधिकारीले जारी गरेको प्रेस वक्तव्यमा लेखिएको छ।
नेपाल वायुसेवा निगमको राणनीतिक सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा अहिले विभिन्न किसिमका भ्रमपुर्ण सुचना सम्प्रेषणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ।
यस्तो छ विज्ञप्ती:
