पछिल्लो २४ घण्टामा देशभर १८३१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लाे २४ घण्टाको अवधिमा २० जनाको कोरोनाका कारण निधन भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार आइतबार थपिएकासहित देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये १७५ जना भेन्टिलेटरको सहायतामा छन्।
पछिल्लाे २४ घण्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन्।